विद्यार्थीमा अनुशासनहिनता र उदासीनता किन

Logo ११ भाद्र २०७९, शनिबार १०:०० | Aadil Times                  

वर्तमान अवस्थामा विद्यार्थीहरुमा अनुशासनहिनता तथा पढ़ाई प्रति उदासीनता देखिनु पछाडिका केहि प्रमुख कारणहरु :

१. ग्रेड सिस्टम : यसले विद्यार्थिहरुमा नपढ़िकन पनि पास हुन सकिन्छ भन्ने धारणाको विकास भएको छ। फेल हुने डर नै हराएर गएको छ जबकि जीवनको हरेक क्षेत्रमा आफूले गरेको मेहनतको आधारमा फेल र पास हुने सिद्धान्त कायम छ । स्वभावले नै मानिस मौजमस्ती खोज्ने प्राणी ( Pleasure seeking animal) हो। यस अवस्थामा नपढीकन पनि पास भइन्छ भन्ने ग्रेड सिस्टमले विद्यार्थिहरुलाई पढ़ाई प्रति गम्भीर हुन दिएको छैन।

२. चीटिंग सिस्टम : SEE परीक्षा होस या 12 को परीक्षा फेल हुने विद्यार्थिहरु पनि व्याप्त चीटिंगले गर्दा राम्रो डिवीजनमा पास भएका छन। यसले आफू भन्दा जूनियर विद्यार्थिहरुमा प्रत्यक्ष सन्देश दिएको छ : चिंता नगर नपढीकन पनि चोरेर पास हुन हुन्छौ र जब विद्यार्थिहरुसंग मेहनत गरेर पढेर पास हुने र चोरेर पास हुने दुइवटै विकल्प छन भने ऊनीहरु सजिलो तरीका चोरेर पास हुने छनोट गर्छन।

३. पढ़ाई बाहेक आनन्दको विकल्प : हाम्रो बेलामा हामी संग दुइवटा बिकल्प हुन्थे : की त पढ्नु पर्यो की त खेतमा या जंगलमा या गराजमा काम गर्न जानु पर्यो। यसो तुलना गर्दा पढ़ाई नै सजिलो लागथ्यो। आज विद्यार्थिहरुसंग पढ़ने वा मोबाइल कम्प्यूटरमा गेम खेल्ने, टिकटोक र यूट्यूबमा एन्जॉय गर्ने दुइवटा विकल्पहरु छन। यसकारण विद्यार्थिहरु दोस्रो बिकल्पमा रमाई रहेका छन।

४. पढाईको मूल्य छैन :- मेहनतको साथ पढाई गरेपछि मानिस सफल हुन्छ। नाम र दाम कमाउन सकिन्छ भन्ने मुख्य उत्प्रेरक नै छैन । किनकी आज डिग्री होल्डरहरु पैसा कमाउन सकेका छैनन र समाजमा चाहिए जस्तो इज्जत र प्रतिष्ठा पनि पाउन सकेका छैनन। त्यसको तुलनामा धेरै नपढने तर जस्तो सुकै काम गरेर पनि पैसा कमाउने मानिसको बढ़ी इज्जत र प्रतिष्ठा समाजमा पाइएको हुनाले विद्यार्थीहरु ज्ञान आर्जन गर्नु भन्दा पैसा कमाउन बढ़ी केन्द्रित भएका छन ।

५. दण्डको व्यवस्था नहुनु :- विद्या आर्जन गर्नु एकदमै कठिन काम हो । मोज मस्ती गर्दा – गर्दै, खेल-खेलमा विद्या आर्जन गर्न सकिन्छ भन्ने कुरा भनाईमा मात्र सीमित हुन्छ । यस्तो अवस्थामा कुनै पनि कार्यमा निरन्तर लागि रहन Reward And Punishment ले सहयोग गर्छ । तर यहाँ पुरुस्कारहरु दिइन्छ तर चाइल्ड फ्रेंडली एजुकेशनको नाममा सजायमा बन्देज गरिएको छ । जसले गर्दा दण्डहीनता मौलाएको छ फलस्वरूप विद्यार्थीहरुलाई शिक्षकको डर पनि छैन ।

६. अभिभावकको लापरवाही :- घरमा समेत पढ़ने लेख्ने वातावरण सृजना गर्न नसक्नु तथा संस्कारहरु सिकाउन नसक्नु अभिभावको कमजोरी हो । एकातिर बच्चा पढ़न बसेको हुन्छ, अर्को तिर बुवा आमा Tiktok Videos मा व्यस्त हुन्छन । जसले गर्दा बच्चाहरु डिस्ट्रैक्शनको शिकार हुने गर्दछन । कमसेकम पढ़ने बेलामा घर शान्त बनाईदिनु पर्यो। बच्चाहरु पढ़ने ठाउँमा बसिदिनु पर्यो । आवश्यक संस्कार सानै देखी सिकाई दिनु पर्यो।

अब्दुल्लाह कुशवाहा


सम्बन्धित खबर