विराटनगरका युवाहरुले सुरु गरे नेशनल ब्लड सेवा

Logo २४ आश्विन २०७८, आईतवार २०:२६ | Aadil Times                  

विराटनगरः कोरोना महामारीमा बढ्दो रगत अभावलाई मध्यनजर गर्दै विराटनगरका युवाहरुले निःशुल्क रगत उपल्ध गराउने सेवाको सुरुवात गरेको छ ।
देशमा विगत लामो समयदेखि चलिरहेको रगत अभावको समस्याको समाधान गर्ने हेतुले विराटनगरका युवाहरुको समुहले नेशनल ब्लड सेवा नामक प्लाटर्फमको सुरुवात गरेको हो ।
https://www.nationalbloodsewa.com/  वेबसाईटको निर्माण गरि उक्त सेवा सञ्चालन गरेको नेशनल ईन्फोटेकका सञ्चालक समेत रहेका समिर आलमले जानकारी दिए । आलमले देशमा कोरोना सुरु भएसंगै देशको  विभिन्न स्थानबाट रगत अभावको जानकारी आउन थालेपछि निःशुल्क रगत सेवा प्रदान गर्ने प्लाटर्फमको निर्माण गरेको बताए । उनले विगतमा रगतको लागि आउने गरेको फोनहरुले यो सेवा सञ्चालन गर्न प्रेरित गरेको जिकिर गर्दे अबका दिनमा कसैले रगत अभावकै कारण ज्यान गुमाउन नपर्ने जनाए ।

त्यसतै सञ्चालक समुहका साहेब आलमले यो निःशुल्क सेवाले धेरैको ज्यान जोगिने अपेक्षा गरेको बताए । उनले समस्या परेको बेला रगत पाउन गाह्रो हुने देखिएपछि यो सेवा सञ्चालन गर्ने निधो गरेको बताए ।

विराटनगरका समिर आलम,साहेब आलम,जुलकरनैन आलम र शिवम् साह मिलेर सुरु गरेको यो सेवाको संरक्षक नेशनल इन्फोटेक रहेको छ ।
देशको कुनै कुनाबाट आवश्यक परेकाले वेबसाईट मार्फत आफुलाई चाहेको रगत उपलब्ध गर्न सक्ने छन् । त्यसतै ब्लड दिन चाह्नेले वेबसाईट मार्फतनै आफ्नो विवरण भरि सहयोग गर्न सक्ने सञ्चालकहरुले बताए ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news