विश्वभर एकैसाता ५० प्रतिशत बढे कोरोनाका नयाँ संक्रमित

Logo २९ पुष २०७८, बिहीबार ११:२७ | Salauoldin Ansari                  

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले गत साता विश्वभर कोरोनाका नयाँ संक्रमितको संख्या ५० प्रतिशत भन्दा धेरैले बढेको बताएको छ।

कोरोना महामारीको विषयमा एक प्रतिवेदन सार्वजनिक गर्दै डब्ल्यूएचओले यस्तो जानकारी दिएको हो। यद्यपि यो अवधिमा संक्रमणको कारण मृत्यु हुनेको संख्या भने स्थिर देखिएको छ।

डब्ल्यूएचओका अनुसार गत साता विश्वभर करिब १ करोड ५० लाख नयाँ संक्रमित थपिएका थिए भने संक्रमणको कारण ४३ हजार मानिसको मृत्यु भएको थियो।

अफ्रिकाबाहेक विश्वका सबैजसो क्षेत्रमा गत साता संक्रमण बढेको छ। अफ्रिकामा नयाँ संक्रमितको संख्या ११ प्रतिशतले घटेको छ।

गत साता डब्ल्यूएचओले एकैसाता ९५ लाख नयाँ संक्रमित थपिएको भन्दै कोरोना संक्रमण सुनामी आउन सक्ने चेतावनी दिएको थियो।

डब्ल्यूएचओका अनुसार पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमणको कारण ठूलो संख्यामा मानिसहरु संक्रमित भएका हुन्।

विश्वभरका करिब ५९ प्रतिशत मानिसमा उक्त भेरियन्टसहितको संक्रमण देखिएको डब्ल्यूएचओको भनाइ छ।

डब्ल्यूएचओका अनुसार ओमिक्रोन भेरियन्टको कारण कोरोनाका संक्रमितको संख्या दोब्बर हुने समय पनि छोट्टिएको छ भने यसले मानिसको प्रतिरक्षा प्रणालीलाई पनि छल्न सक्ने देखिएको छ। अन्य भेरियन्टको तुलनामा यो संक्रमण कम जोखिमपूर्ण रहेको देखिएको छ।

सबैभन्दा पहिला ओमिक्रोन सहितको संक्रमण फैलिएको अफ्रिकामा लगातार दोस्रो साता नयाँ संक्रमितको संख्या घटेको छ। यसले अब छिटै नै ओमिक्रोन भेरियन्टसहितको संक्रमणको अन्त्य हुने र यसले महामारीलाई नै अन्त्य गर्न सहयोग पुर्‍याउने केहीले बताएका छन्।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news