वीपीमा सुनसरीका दुई संक्रमितको उपचारको क्रममा मृत्यु

Logo २७ जेष्ठ २०७८, बिहीबार २१:२३ | Aadil Times                  


इटहरी / कोरोना भाइरस संक्रमणका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणि पोखरेलका अनुसार धरानका ६० वर्षीय र सुनसरीको रामधुनीका ७० वर्षीय पुरुषको मृत्यु भएको हो।

डा। पोखरेलले रामधुनी नगरपालिका ९ का बृद्धको उपचारका क्रममा बिहीबार बिहान करिब ४ बजेर २५ मिनेटमा मृत्यु भएको जानकारी दिए । मिर्गौला सम्बन्धी रोगबाट पीडित बृद्धमा जेष्ठ २० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसैगरि, धरान ८ का ६० वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार राति १० बजेर ५० मिनेटमा मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार स्थानीय विजयपुर अस्पतालबाट स्थानान्तरण गरिएका उनमा जेठ २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिष्ठानका अनुसार हालसम्म कोरोनाका कारण उपचारका क्रममा २ सय २१ जना बिरामीको मृत्यु भइसकेको छ ।


सम्बन्धित खबर