शरिर उसको लुट्टियो (गजल)

Logo १२ असार २०७८, शनिबार ०९:२३ | Aadil Times                  

शरिर उसको लुट्टियो अब सास मात्रै बाकी छ
अन्यायको बजारमा न्याय आस मात्रै बाकी छ
जलाइदिसके बलात्कारीले उसको इज्जत जोबन र सपना सबै
जलाउनलाई अब उसको लास मात्रै बाकी छ

प्रजातन्त्र हाम्रो देशमा २००७ सालमै आएको हैन र?
अनि किन त गोर्खालीको नेपालमा डरत्रास मात्रै बाकी छ

भरिसक्यो अवफादार नेताका घर करोडौंको धनले
जनताको घरमा भने कपास मात्रै बाकी छ

बेचिसके कालापानी लिपुलेकसँगै हाम्रो गौरवसम्मान पनि
बेच्नलाई अब सगरमाथा हिमाल मात्रै बाकि छ।

गजलकार: सहरोज सिद्धिकी
सम्पर्क: ९८६७२२१७८६
नेपालगन्ज मेडिकल कलेज

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news