शिक्षिकामाथिको यौन दुर्व्यबहार गुपचुप पार्ने प्रयास

Logo २९ जेष्ठ २०७९, आईतवार १३:२६ | Aadil Times                  

विर्तामोड । झापा मेचीनगर ७ स्थित अरनिको माविका यौन दुव्र्यवहारबाट पीडित शिक्षिकालाई प्रहरीमा उजुरी दिनबाट रोक्ने प्रयास भइहरेको पाइएको छ ।

विद्यालयका प्रधानअध्यापक अग्नी घिमिरेले महिला शिक्षकमाथि यौन दुव्र्यवहार गरेको सर्वाजनिक भएसँगै पीडितलाई प्रहरीसम्म पुग्न नदिने प्रयास भएको हो ।

घटना सार्वजनिक हुनुअघि नै पीडित शिक्षिकालाई घटनाबारे नबोल्न दबाब दिएको पाइएको छ । विद्यालय प्रशासनले घटनाका बारेमा बाहिर कुरा नगर्न उर्दी नै जारी गरेको छ । व्यवस्थापन समितिका पदाधिकारीहरुले नै महिला शिक्षकले प्रहरीमा उजुरी दिए शिक्षिका र विद्यालयकै गरिमामा आँच आउने भन्दै घटना बाहिर नलैजान दबाब दिएका हुन् ।

प्रधानअध्यापक घिमिरे सम्बद्ध पार्टी नेकपा एमालेले प्रहरीमा उजुरी नदिन पीडित महिलामाथि दबाब दिएको पाइएको छ । यौन दुव्र्यवहार जस्तो गम्भीर घटना मिलाउन मेचीनगर ७ का वडाअध्यक्षसमेत रहेका एमाले नेता प्रल्हाद ओली नै सक्रिय छन् ।
घटनाका आरोपित प्रधानअध्यापक अनुपस्थित छलफलमा पीडित महिलालाई दबाब दिएर सहमति गराउने प्रयास भएको थियो । घटनाका बारेमा धेरै नबोल्न चौतर्फी दबाब आएको पीडितले बताएकी छन् । यसअघि प्रधानअध्यापक घिमिरेले आफ्नै विद्यालयकी महिला शिक्षकमाथि पटक–पटक यौन दुव्र्यवहार गरेको आरोप छ ।

महिला शिक्षकमाथि यौन दुव्र्यवहार गर्दै आएका घिमिरेको कर्तुतबारे महिला शिक्षकले विद्यालयका सहकर्मीहरुलाई जानकारी दिएकी थिइन् । घिमिरेले पीडित महिला शिक्षकलाई जागिरबाट निकालिदिने र सार्वजनिक रुपमा बेइज्जत गर्ने धम्की दिएर यौन दुव्र्यवहार गर्दै आएको पाइएको छ ।

प्रधानअध्यापकले मोबाइलमार्फत पटक–पटक यौनजन्य म्यासेज गरेको, कक्षा कोठामा पढाइरहेको बेला अनावश्यक कुरा लिएर असहज व्यवहार गर्ने गरेको, विद्यालयबाट शिक्षकहरुको भ्रमण जाँदा समेत यौन हिंसाजन्य क्रियाकलाप गर्ने गरेको, गलत नियतले म्यासेज नगर्न र आफू त्यसखालको महिला नभएको भनेर प्रतिकार गर्दा जागिर खाइदिने धम्की दिने गरेको पीडितको् भनाइ छ ।

पीडित महिला शिक्षकलाई जेठ २१ गते शनिबार प्रधानाध्यापकको घरमा बोलाई परिवारले घटनाका बारेमा बाहिर बोल्दिन भन्न लगाएर मोबाइलबाट भिडियोसमेत बनाएको खुलेको छ । यद्यपी घटना सार्वजनिक भएपछि घिमिरेले गत बुधबार विहान प्रधानाध्यापकसहित शिक्षक पेशाबाट नै राजीनामा दिएका छन् ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news