शैक्षिक मुहारमा मात्र कोरोना

Logo १५ भाद्र २०७८, मंगलवार १४:४५ | Aadil Times                  

✍️ साहिल-

जहाँ बाट शिक्षा आउँछ, जसलाई विश्वले मानेको छ देशका कर्णधार, जहाँबाट विकास को गति बढ्छ त्यसैलाई मात्र कोरोना !!

मेरो यो लेख पूरा पढी आफ्नो निष्कर्ष दिन आग्रह गर्दछु।
शैक्षिक अवस्था अव्यवस्थित भएको दुई वर्ष हुन लागेको यस समय अवधिमा धेरै मानिस आकाश सम्म को बाटो पाए भने केही मानिस जमीन मुनिको स्थान पाए ।
यही अवस्था हाम्रो देशका शैक्षिक स्थान हरुको बनेको छ ।
कति पै विद्यालयहरु भाडामा चलिरहेका थिए जो कि बन्द भएका छन् भने अनलाइन कक्षा काे नाममा केही विद्यालयहरुले पैसा उसुले का छन् जबकि अभिभावक लाई थाहा छ मेरो बच्चा अनलाइनमा राम्ररी पढ्न सकेको छैन ।

सरकार ले नाम दिएको lockdown मा हरेक कुरा चल्दै छ, मान्छेको भिड जता ततै छ, चौक होस वा पसल, बजार होस वा जुलुस तर कोरोना को स्थान भने मात्र शैक्षिक स्थान हरु नै हो जस्तो सोच सरकार ले बनाई दिएको छ।
जहाँ बाट मान्छे पढ्छन् लेख्छन् त्यसैलाई नै मूर्ख बनाई दिएका छन्।
मान्छे हरेक कुरा को नारा लगाउँछन्, आन्दोलन गर्छन तर किन यस विषयमा मौन छन् ??
किन कसैलाई यसको सोच छैन कि शिक्षकहरु कहाँ जाउन् ? बच्चाहरू को भविष्य के बन्ने छ?

धेरै कुरा छ तर मेरो एक मात्र प्रश्न कि जब हरेक गतिविधि खुल्ला छ भने शैक्षिक गतिबिधिहरु नै मात्र किन lockdown र कोरोना काे नाममा जोडिएर बन्द रहेका छ्न् ।
टिप्पणीकर्ता  साहिल अर्श , नरपालगंज

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news