सुनसरी हिरासतमा थुनुवा मृत्युप्रकरणको उच्च स्तरीय छानविन गठन गर्न गृहमन्त्रिलाई ज्ञापन पत्र

Logo ३१ आश्विन २०७८, आईतवार १५:१० | Aadil Times                  

काठमाण्डौ । राष्ट्रिय स्तरका विभिन्न मुस्लिम संघ संस्थाहरुले सुनसरी हिरासतमा थुनुवा मृत्युप्रकरणको उच्च स्तरीय छानविन समिति गठन गर्न आज गृह मन्त्रि बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाएका छन् ।
सुनसरी प्रहरी हिरासतमा घटेको घटनालाई सहायक प्रमुख जिल्ला अधिकारी को अध्यक्षतामा गठित छानविन समितिमा राजनितिक दलका प्रतिनिधि तथा अंशकाको घेरामा रहेका प्रहरी नायब उपरीक्षक समेत रहेकाले सो समिति न्यायिक नदेखिएकोले उच्च अदालतका न्यायधिशको अध्यक्षतामा मानव अधिकारकर्मी ,सिबीआईका प्रमुख ,कानुन विज्ञ,विधि विज्ञान प्रयोगशालाका विज्ञ र नागरिक प्रतिनिधिहरु रहेको उच्च स्तरीय छानविन समिति गठन हुनु पर्ने माँग राखी ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्रमा मिति २०७८साल असोज २४ गते भोक्राहा नरसिंह गा.पा. वडा नं.५ सुनसरीका मो.हकिम शाह जिल्ला प्रहरी कार्यालय,सुनसरीको बन्दी गृह भित्र झुण्डिएको अवस्थामा फेला परेको घट्ना र त्यसबाट श्रृजित परिस्थितिले समाजमा भय उत्पन्न भएको छ । सोको कारण दुई समुदायबीच तनाव उत्पन्न भै समाजिक सदभावमा असर पर्ने गतिविधिले आम जनमानसमा थप चिन्ता देखिएको हुँदा ध्यानाकर्षण गराएको छ ।
इसै गरि ज्ञापनपत्रमा घटनाको समयमा डिउटीमा रहेका जिम्मेवार प्रहरी अधिकृतहरु सोही कार्यालयमा कायम रहे सम्म निष्पक्ष छानविन हुन नसकने भएकाले प्रहरी प्रमुख , उपप्रमुख प्रहरी निरीक्षक, मुद्दा फाँट र उक्त दिन ड्युटिमा रहेका प्रहरीहरुलाई तत्काल छानविनको दायरामा ल्याई उनीहरुलाई निलम्बन गरिनु पर्छ । पिडितलाई तत्काल राहत र क्षतिपुर्तिको व्यवस्था गरिनु पर्ने , यस प्रकरणलाई लिएर समाजिक सदभाव र धार्मिक सहिष्णुता खलल पुर्याई सम्प्रदायिकता फैलाउन आवान्छित गतिविधिहरुलाई समयमै नियन्त्रण गरी देशमा धार्मिक सहिष्णुता र शान्ति सुरक्षा कायम राख्न सरकार सँग माँग गर्दछौं उल्लेख छ ।

गृह मन्त्रि खाँडले ज्ञापनपत्र बुझदै दोषी उपर छानविन गर्न उच्च स्तरीय छानविन समिति चाँडै गठन गर्ने , निष्पक्ष छानविनको लागि सुरक्षा निकायमा कार्यरतलाई विभागिय कारबाही गरिने ,पिडितहरुलाई उचित क्षतिपुर्तिको व्यवस्था गरिने आश्वासन दिएको ज्ञापनपत्र बुझाउने प्रतिनिधि मण्डलले बताए । ज्ञापनपत्र बुझाउनेहरुमा इस्लामी संघ,नेपालका अध्यक्ष खुर्शिद आलम, नेपाल मुस्लिम संघका बरिष्ठ उपाध्यक्ष निजामुद्दिन , नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्व सभासद जुनैद अन्सारी , मुस्लिम मुक्ति मोर्चाका नजिबुल्लाह अन्सारी , वामी नेपालका डाइरेक्टर डा.शमिम अहमद , नेपाल मुस्लिम महिला कल्याणकारी समाजका अध्यक्ष शिमा खान, नेपाल डेब्लभमेन्ट सोसाइटीका अध्यक्ष नजरुल हसन , नेपाल मुस्लिम संघका महासचिव रहमतुल्ला मियाँ , जमियत उल्माए नेपालका उपाध्यक्ष सफिर्कुरहमान , नेपाल विद्यार्थी संघका निवर्तमान सदस्य डा. अबुल हुसैन , मोहम्मद युनुस अहमर(सुनसरी) लगायतकाले ज्ञापन पत्र बुझाएका छन् ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news