सेती नदीमा हाम फालेर किशोरी बेपत्ता

Logo ६ कार्तिक २०७८, शनिबार १४:१९ | Aadil Times                  

बझाङ, ६ कात्तिक

सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् ।  सुर्मा गाँउपालिका- ४ भेलाद घर भएकी अन्दाजी १९ वर्षकी सीमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन् ।

उनी हाल जयपृथ्वी नगरपालिका-१० चैनपुरमा बस्दै आएकी थिइन् । बोहराले आज विहान पौने दश बजेको समयमा रिङरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले जनाएको छ ।

बोहराले किन आत्माहत्या गरेकी हुन् भनेर नखुलेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शुक्रवार पनि जयपृथ्वी नगरपालिका-१० का नविन सुनारले सेती नदीमा हाम फालेर आत्महत्या गरेका थिए ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news