
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ले आफ्नो वार्षिक कार्यसम्पादनमा विफल रहेको नतीजा सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०७६/७७मा यशोधरा गाउँपालिकाबाट सम्पादित भएको काम अंकभारको तुलनामा प्राप्तांक अंक निकै दयनीय रहेको छ ।
गाउँपालिका अध्यक्ष गिरजेश कुमार पाण्डे द्वारा हस्ताक्षित रहेको विवरणमा
न्यायिककार्यसम्पादन ७ अंक मध्ये १.५ अंक ,समाजिकसमावेशीकरण विषयमा १० अंकभार मध्ये 0 अंक,
सहकार्यरसमन्व्य ६ अंकभार मध्ये 0 अंक प्राप्त गरेको छ ।
यसरी शून्य प्राप्तांक रहेको तीन विषयले पालिकामा जनप्रतिनिधिले राम्रो कार्य नगरेको चरित्रलाई झलकाएको छ ।
एक सय अंकभार मध्ये जम्मा चौबीस अंक प्राप्त गरेको विवरण सार्वजनिक भएकोमा स्थानीय नगरवासीहरुले चिन्ता व्यक्त गरेका छन ।

संघीयताको प्रतिफलमा आएको स्थानीय निकायमा समाजिक समावेशीकरणको विषयमा शून्य अंक प्राप्त हुनु संविधान र लोकतंत्रको खिल्ली उडाउने कार्य भएको स्थानीय माओबादी नेता हजरत अली खानको भनाइ छ ।
स्थानीय निकायको प्रमुख कार्यको रुपमा रहेको भौतिक पूर्वाधार को जिम्मेवारीमा समेत गाउँपालिका शून्य अंक प्राप्त गरेकोले स्थानीय जनतालाई विकासको चक्रमा अति नै पछाडि पारिएको स्थानीय नेता अलि खानले जिकिर गरे।