हप्तामा दुई दिन बिदा हुँदा के फाइदा हुन्छ?

Logo १५ बैशाख २०७९, बिहीबार १४:२८ | Salauoldin Ansari                  

 सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय  गरेको छ ।

 हप्तामा शनिबार र आइतबार बिदा दिने सैद्धान्तिक निर्णय गत चैत महिनामा गरेको भएपनि कार्यान्वयन भने जेठ १ गतेबाट गरिने भएको हो । 

हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा ल्याउने सरकारको निर्णयलाई लिएर सामाजिक सञ्जालमा बहस चलिरहेको छ । कोही पक्षमा देखिएका छन् त कोही विपक्षमा । 

हप्ताको दुई दिन सार्वजनिक बिदा दिँदा सरकारलाई के फाइदा हुन्छ त ? धेरैले यही प्रश्नको जवाफ खोजीरहेका छन् । 

कोरोना महामारी सुरु भएपछि सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने विषयमा अध्ययन गरेको थियो । सरकारले समिति नै गठन गरेर प्रतिवेदन बुझाउन भनेको थियो र समितिले प्रतिवेदन पनि बुझाएको थियो । 

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा २०७७ असोज ८ गते बसेको उच्च व्यवस्थापन समूहको बैठकले समिति गठन गरेको थियो । 

समितिलाई कोरोना महामारी सुरु भएपछि पर्यटन उत्थानका ध्येयले हप्तामा दुई दिन बिदाको व्यवस्थाका लागि यस अघिका निर्णयहरूको अध्ययन, यस्तो व्यवस्थाबाट आर्थिक सामाजिक प्रभाव लगायतका विषयहरू अध्ययन गरी प्रतिवेदन पेश गर्न भनिएको थियो । 


सम्बन्धित खबर