हरिनगरमा काँग्रेसबाट माओवादीमा प्रवेश

Logo १७ बैशाख २०७९, शनिबार १४:३५ | Aadil Times                  

हरिनगर ।

हरिनगर गाउँपालिका वडा नं. ५ बसन्तपुरका पुराना काँग्रेस नेता सहाबुद्दीन अन्सारी (हसामुद्दीन) सहित दर्जनाै काँग्रेसी समर्थक तथा केही सक्रिय सदस्य नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बसन्तपुरस्थित हसामुद्दीन निवासमा नेकपा माओवादी नेता तथा पूर्वमन्त्री जाकिर हुसैनले नेपाली काँग्रेस र केही एमाले समर्थकहरूलाई नेकपा माओवादी केन्द्रमा प्रवेश गराए ।

नव प्रवेशीहरूलाई प्रवेश गराउँदै पूर्वमन्त्री हुसैनले चुनावी असन्तुष्टिले गर्दा मात्र हाेइन, माओवादी केन्द्रकाे वैचारिक नीति र निरन्तर क्रान्तिकाे आन्दाेलनलाई बुझेर नयाँ साथीहरू माओवादी केन्द्रमा एकाकार हुनुपर्ने बताए । ‘हसामुद्दीन जीसँग लामाे समयदेखि हाम्राे कुराकानी चल्दै आएकाे थियाे र उहाँ पहिलेबाटै माओवादीतर्फ आकर्षित हुनुहुन्थ्याे’, उनले बताए ।

प्रवेश कार्यक्रममा बाेल्दै हसामुद्दीनले लामाे समयदेखि काँग्रेसकाे झाेला बाेकेर जनताले सुख नपाउने रहेछ । हामीले पुर्खाहरू काँग्रेसमा भएकाेले त्यसकाे माेह त्यागेर बाहिरकाे आकासलाई हे-याैं भने काँग्रेसमा अन्धकार मात्र रहेकाे पाउने छाैं । हामी नव प्रवेशी सबैले उत्पीडित वर्गकाेलागि काम गर्ने पार्टी माओवादी मात्र रहेकाे देखेर याे पार्टीलाई हृदयदेखि अंगालेकाे बताए ।

यसअघि फाेरमका सत्यनारायण मेहता, एमालेबाट विजयी वडाध्यक्ष सबीब मियाँ, एमाले गाउँ पार्टी उपाध्यक्ष समीम अन्सारी पनि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । माओवादी केन्द्रले एमालेबाट प्रवेश गरेका वडाध्यक्ष सबीब मियाँलाई वडाध्यक्षमा उम्मेदवार बनाएकाे छ ।

कार्यक्रममा बसन्तपुरका एक सयकाे हाराहारीमा आम जनताकाे उपस्थिति रहेकाे थियाे भने नेकपा माओवादीका प्रदेश सदस्य दिल माे. मियाँ, पालिका अध्यक्ष माेहन यादव, सचिव तुफेल अहमद, काेषाध्यक्ष सत्यनारायण मेहता र वडा नं. ५ का अध्यक्षका उम्मेदवार सबीब मियाँकाे उपस्थिति रहेकाे थियाे ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news