हरिनगरमा मृत्यु भइसकेका व्यक्तिको वृद्ध भत्ता कर्मचारीद्धुरा ‘झ्वाम’ ( औडियो सहीत )

Logo ९ असार २०७८, बुधबार १७:५२ | Aadil Times                  

इनरुवा : स्थानीय तहको निर्वाचनका बेला गाउँ गाउँमा सिंहदरबारको नारा दिएर नागरिकलाई खुसी बनाईएपनि निर्वाचन पश्चात् नागरिक आजित हुने क्रम भने रोकिएको छैन । विभिन्न बहानामा विविध चलखेल बाहिरिने गरेको छ । पछिल्लो पटक भने मृत्यु भएका व्यक्तिको नाममा बृद्ध भत्ता, एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता रकम निकासा गरेर कर्मचारीले झ्वाम पार्ने गरेको पाईएपछि सुनसरीको हरिनगर गाउँपालिका भित्रको मनपरी छताछुल्ल भएको छ । वर्षौ अघि मृत्यु भइसकेका व्यक्तिहरूको नाममा समेत हरिनगर वार्ड नं. २ वडा कार्यालयका कर्मचारी रकम निकासा गरिरहेको रहस्य बाहिरिएको हो । कृषि विकास बैंक हरिनगर शाखामा रहेको मुसलीम मियाँको खाता वन्द नगरि वाड नं. २ का कर्मचारीले बृद्धा भत्ता रकम एक वर्ष पछि वडाको फर्जी लेटर पाईड, कृते वडा अध्यक्षको फर्जी हस्ताक्षर गरेर रकम निकासा गरेको छ । एक वर्ष अघि मृत्यु भएको मियाँको मृत्यु दर्ता बनाउने क्रममा वडा कर्मचारी समशेर अन्सारीले मिलोमतोमा रकम निकासा गरिएको खुलासा भएको छ । मृत्य मियाँको आफन्तले मृत्युदर्ता बनाउन वडा कार्यालयमा आउदा कर्मचारी समशेर अन्सारीले आफन्त संग चेकवुक,नागरिकता प्रमाण पत्र,लिएर तपाई दश दिन पछि आउनु म बनाएर राख दिन्छु र बैंक खाता समेत वन्द गराई दिन्छु भने र सोही क्रममा कर्मचारी अन्सारीले मोकाछिकी मृत्युदर्ता बनाई र फर्जी लेटरपाईडमा आफने नामवाट रकम भुक्तानी हुने सिफारिस गरेर बैंक खातावाट रु.४८५०० अक्षरेपी अरचालिस हजार पाँच साय रकम वैंकवाट उठाई झवाम पारेको समचार वहिरिएका छन् । र यस विषयमा वडा नं.२ का वडा अध्यक्ष युनुस मियाँलाई सोधपुछ गर्दा मलाई यो विषयमा केही थाहा नैं छैन वताए र वडा सचिव समिम अन्सारीलाई समेत सोधपुछ गर्दा म आउनु भन्दा पहिला कै विषय हो प्रतिक्रिया दिए । यस अघि विभिन्न बहाना बनाउँदै वडाका कर्मचारीहरूले केही व्यक्तिहरूको मृत्यु दर्ता गर्न समेत आलटाल गर्ने गरेको जनगुनासाहरू आइरहेका थिए ।



सम्बन्धित खबर