१५ दिनभित्र लिखित जवाफ पेस गर्न जसपाको ठाकुर पक्षलाई निर्वाचन आयोगको निर्देशन

Logo ६ असार २०७८, आईतवार २०:४९ | Aadil Times                  

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ ।

आजको बैठकले १५ दिनभित्र दाबीको प्रतिलिपिसहित जवाफ पेस गर्न सूचना दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जसपाको उपेन्द्र यादवले शुक्रबार बहुमत कार्यकारिणी समितिका सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको थियो । उपेन्द्र यादव पक्षबाट आधिकारिकता दाबी पेस गरिएकोले त्यसबारे प्रतिलिपिसहित लिखित जवाफ पेस गर्न १५ दिनको सूचना दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news