२४ घण्टामा २ हजार ९१८ संक्रमित थपिए, ५३ जनाको मृत्यु

Logo ३१ जेष्ठ २०७८, सोमबार १७:१६ | Aadil Times                  

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ४३८ जनाको पीसीआर परीक्षणबाट २ हजार ४९ र  ५ हजार ३८१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८६९ जना गरी २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार १४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । निको हुने दर ८७.८ रहेको मन्त्रालयले जनाएको छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news