८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपा सरकारमा सहभागी हुने निश्चित, आजै शपथ

Logo २१ जेष्ठ २०७८, शुक्रबार १८:०१ | Aadil Times                  

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बिस्तार गर्दैछन् । आज साँझ जनता समाजबादी पार्टीका नेताहरुलाई उनले सरकारमा सहभागी गराउने भएका हुन् ।

 

जसपाबाट उपप्रधानमन्त्रीसहित आठजना मन्त्री र दुईजना राज्यमन्त्रीसहित १० जनालाई साँझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने तय भएको छ । महिला तथा समाजकल्याण मन्त्रीका रुपमा शपथग्रहण गर्न जान लागेकी जसपा नेतृ चन्दा चौधरीले मन्त्रीपरिषद् बिस्तार हुन लागेको जानकारी दिँदै आफूलाई शपथग्रहणका लागि बोलाइएको बताइन् ।

 

जसपा नेता डा. सुरेन्द्रकुमार झाका अनुसार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच आज बालुवाटारमा भएको वार्तामा सरकारमा जाने सहमति भएको बताए । उनका अनुसार उपप्रधानमन्त्रीको हैसियतमा वरिष्ठ नेता राजेन्द्र महतो शहरी विकास मन्त्री हुँदैछन् ।

 

यी हुन् नयाँ मन्त्रीहरु

राजेन्द्र महतो -उपप्रधानमंत्री तथा सहरी विकास मन्त्रालय

शरद सिंह भण्डारी- ऊर्जा तथा जसस्रोत मन्त्रालय

अनिल झा- खानेपानी तथा सरसफाई मन्त्रालय

लक्ष्मणलाल कर्ण-भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

बिमल श्रीवास्तव – श्रम तथा रोजगार मन्त्रालय

उमाशंकर अरगरिया- वन तथा वातावरण मन्त्रालय

चन्दा चौधरी- महिला तथा बालबालिका मन्त्रालय

एकबाल मियां- युवा तथा खेलकूद मन्त्रालय

चन्द्रकान्त चौधरी -(राज्यमन्त्री, ऊर्जा)

रेणुका गुरुङ (राज्यमन्त्री, महिला, बालबालिका तथा समकल्याण मन्त्रालय

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news