आमा ( कविता ) – जुना सिवा

Logo २७ असार २०७८, आईतवार १८:३८ | Aadil Times                  

aama-poem

वेदना को भुमरीमा पिल्सिएकि मेरि आमा,

दिनभरी आफ्नो काधमा जिम्मेवारी बोकि,

रातभरि बेदनाको खोला बगाउछिन

अनि उनी एक बिसाल सपनिमा बाच्छिन।।

दिन भरी नागो ढाडाम भारी बोकि,

साझामा घरमा खटिन्छिन् मेरि आमा,

घर, गोठ , मठ , वारि चारै तिर मेरै आमा,

येति सब काम गरेर पनि मुसुक्क हासी दिन्छिन् मेरै आमा।।

उनलेे छोरा छोरी त जन्माएकै हुन,

त खै? आज एक्लै संघष् गरिरहेछिन।

बेदनाको भुमरिमा पिल्सिए पनि,

केही नभए झै गरि मुसुक्क हसि दिन्छिन् मेरि आमा।।

सपना उन्का विशाल छन् ,

भन्छिन आफ्ना सन्तनिको बिकास हेर्छु,

तर आफ्नो चिरा चिरा परिका हात गााेडा बोकि ,

अझै पनि मुसुक्क हास्छिन मेरि आमा।।

– जुना सिवा

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news