सेनाका सिपाहीले गरे गोली हानी आत्महत्या

Logo ३० असार २०७८, बुधबार ०९:४५ | Aadil Times                  

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक) मा बुधवार बिहान नेपाली सेनाका १ सिपालीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५ घर भएका सोमबहादुर तामाङका छोरा २३ वर्षीय सिपाही अम्बिर तामाङले बुधवार बिहान करीब ६ बजे आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् ।

रणभीम गण प्रकौली (ख) गुल्म दरबन्दी रही सोही ब्यारेकको अतिथि गृहसँगै रहेको कोतमा बुधवार बिहान ३ देखि ६ बजेको ड्युटी बसिरहेका कम्प्युटर कोड नम्बर २८८८६१ भएका सिपाही अम्बिरले सँगै ड्युटी बसेका अर्का एक सिपाही करीब ५ बजे आफ्नो ड्युटी सकेर हतियार बुझाउन गएपछि आफू एक्लै भएको अवस्थामा करीब बिहान सवा ५ बजेतिर आफैंले बोकेको ५.५ मिनी इन्सास हतियारबाट आफ्नै बायाँ कन्चटमा गोली हानी आत्महत्या गरेका हुन् ।

सिपाही तामाङले के–कति कारणले आफैंलाई गोली हाने भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । उनको मृत शरीर सोही स्थानमा सुरक्षित राखी थप अनुसन्धान तथा सर्जमिन मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगएको जनाइएको छ ।

रासस
gorkhali-news

सम्बन्धित खबर


gorkhali-news