बिहीबार २०, फाल्गुन २०७७ Thu,04 Mar 2021

त्रिपिटकमा वर्णन गरिएका दुई बुद्ध



बिहीबार २३ , पुष २०७७

त्रिपिटकमा दुई प्रकारका बुद्धको वर्णन गरिएको छ । सम्यक सम्बुद्ध र प्रत्येक बुद्ध । सम्यक सम्बुद्ध सम्यक सम्बुद्धहरुले आफुले पाएको बुद्धत्वको बारेमा अरुलाई बताउँछन् र बुद्धत्वको ज्ञान अरुलाई सिकाउँछन् । सम्यक सम्बुद्धले धर्मोदेशनामार्फत् जागृत गर्छन् र लोप भएको धर्मलाई पुनर्जीवन प्रदान गर्छन् । ऐतिहासिक बुद्ध, सिद्धार्थ गौतम सम्यकसम्बुद्ध हुन् । प्रत्येक बुद्ध प्रत्येकबुद्ध वा शान्त बुद्ध सम्यक सम्बुद्ध जस्तै निर्वाण प्राप्त गर्छन् तर धर्मोपदेशना भने गर्दैनन् । धर्मको आध्यात्मिक पक्षमा यी बुद्ध सम्यक सम्बुद्ध भन्दा दोस्रो रहन्छन् । यस्ता बुद्धको जन्म बुद्ध शासन नभएको समयमा मात्र हुन्छ । यस्ता बुद्धले अभिसमाचारिकसिक्खाको बारेमा अरुलाई उपदेश दिन्छन् । कुनै ग्रन्थहरुमा भने प्रत्येकबुद्धलाई आफ्नै प्रयासले धर्म बुझेका तर धर्मको सर्वज्ञता प्राप्त नगरेका वा धर्मको फल पूर्ण रुपले नपाएका भनेर वर्णन गरिएको पाइन्छ । सम्यक बुद्धका चेलाहरुलाई श्रावक वा अर्हत भनिन्छ । यी शब्दहरुका अर्थहरुमा केही मात्रामा भिन्नता छ । अनुबुद्ध भन्ने शब्द बिरलै प्रयोग हुन्छ । यो शब्द बुद्धले खुद्दक पाठमा प्रयोग गरेका छन् । सो ग्रन्थमा बुद्धले निर्देशन पाएपछि बुद्ध भएकालाई अनुबुद्ध भनेका छन् । जागृत भएका चेलाहरुले दुबै प्रकारका बुद्ध झैं निर्वाण र परिनिर्वाण प्राप्त गर्छन् । यसरी निर्वाण र परिनिर्वाण प्राप्त गर्ने चेलाहरुलाई अर्हत भनिन्छ । १२ औं शताब्दीको एक थेरवादी टीका अनुसार सावकबुद्ध (श्रावकबुद्ध) भन्ने शब्द निर्वाण प्राप्त गरेको चेलालाई जनाउन प्रयोग गरिएको छ । यो ग्रन्थ अनुसार बुद्ध ३ प्रकारका हुन्छन् । तर, यो परिभाषा प्रयोग गर्दा आफैले धर्म प्राप्ति गरेको बुद्धको परिभाषा नरहने हुन जान्छ । मूलप्रवाह थेरवाद र महायान ग्रन्थहरुले यस प्रकारका बुद्धलाई मानेका छैनन् । 

Featured News

Advertisement