बिहीबार २०, फाल्गुन २०७७ Thu,04 Mar 2021

धर्मगुरु रिन्पोछे कर्मा तान्पाई ग्याल्जेनको २८ नोभेम्बरमा युरोपको हंगेरीमा परिनिर्वाण भएको छ



बिहीबार २३ , पुष २०७७

बौद्ध जगतका एक सुप्रशिद्ध धर्मगुरु रिन्पोछे कर्मा तान्पाई ग्याल्जेनको यही २८ नोभेम्बरमा युरोपको हंगेरीमा परिनिर्वाण भएको छ । बौद्ध धर्मप्रतिको उनको ज्ञान र निष्ठाले अभिप्रेरित हुँदै आएका नेपाल लगायत विश्वका विभिन्न स्थानमा रहेका उनका शिष्यहरुले उनको परिनिर्वाणपछि अभाव महशुष गरिरहेका छन् । र, हरेक भेटमा ‘जय हो’ भन्ने उनको थेगो सम्भवत उनलाई नजिकबाट भेट्नेहरुले सधै स्मरण गरि रहने छन् । को हुन् कर्मा तान्पाई ग्याल्जेन ? आचार्य कर्मा तान्पाई ग्याल्जेनको जन्म तिब्बतको कैलाशमा भएको थियो । अति नै पवित्र धार्मिकस्थलमा भएको जन्मका कारण पनि हुन सक्छ सानै उमेरदेखि उनमा बौद्ध धर्म र दर्शन प्रतिको आस्था अगाध थियो । ६ वर्षको उमेरमा उनलाई बाबुआमाले नेपाल लिएर आए । नेपालमै द्रुब्जिंग रिम्पोछेबाट बौद्ध धर्म र संस्कृतिमा आफुलाई पारंगत र दीक्षित बनाए । पछि उनले नेपालकै नागरिकता लिएर तनमनबाट आफुलाई बौद्ध धर्मको शिक्षादीक्षाको प्रवर्धनमा लगाए । सन् १९६९ मा युवा अवस्थामा उनले वाराणासीको संस्कृत विश्वविद्यालयमा १० वर्ष अध्ययनमा विताए । यहाँ रहँदा उनले हिन्दु, बौद्ध लगायतका दक्षिण एसियाली भेगका अन्य धर्महरुको दर्शन र शिक्षाको बारेमा पनि गहिरो अध्ययन गरे । विश्वविद्यालयबाटै उनले १९७९ आचार्य तहको शिक्षा पुरा गरे । यसबाहेक पनि उनले अनेकौ कडा तपस्या र शिक्षादिक्षा लिए । उनले ३ वर्ष ३ महिना लामो साधना पनि गरे । त्यस्तै एक वर्ष सिक्किमको रुमतेक गुम्बामा १६ औँ ग्याल्वा कर्मपा र बोकर रिम्पोछेको अभिभावकत्वमा हेबज्र, कालचक्रको साधना पनि पुरा गरे । यी सम्पुर्ण शिक्षादीक्षा र साधनाबाट उनी परिपक्व बौद्ध धर्मगुरु बनेर ज्ञानको प्रकाश छर्नमा लागे । दुवै कडा साधना र अनुभवले खारिएका कर्मा तान्पाईमा १६ औँ कर्मापा र तेस्रो जामगोन कंगट्रुलले बौद्ध धर्म र यस संस्कारको गहिरो छाप मात्र छोडेनन्, कर्मा काग्यु सम्प्रदायको संरक्षण र संवर्धनमा अति नै शक्तिशाली प्रभाव पारिदिए । सन् १९८४ देखि उनको ख्याती चुलिदै गयो । पश्चिमी देशहरुमा समेत उनको प्रभाव यसरी विस्तार भयो कि आफुभित्र रहेको ज्ञानको प्रकाश छर्ने सिलसिलामा उनी प्राय युरोप अमेरिकातिरै व्यस्त हुन्थे । उनले परिनिर्वाण लिएको युरोपेली मुलुक हंगेरीमा मात्रै उनले १८ वर्ष बिताए । सिंगापुर, मलेशिया, इण्डोनेसिया, हंगकंग, थाइल्याण्ड लगायतका मुलुकका एकदमै उदार साथी र शिष्यहरुको साथ पाएपछि उनले सन् १९९० मा काठमाडौँमा रोयल ह्वाइट मोनाष्ट्री ( डुब्छेन छ्योलिङ सेतो) गुम्बा र इन्स्टिच्यूट स्थापना गरे । उनले स्थापना गरेको यो गुम्बा नेपालकै प्रतिष्ठित गुम्बामध्ये एक हो । जहाँ अहिले नेपाल बाहेक विभिन्न मुलुकबाट आएकाहरुले बौद्ध दर्शनको शिक्षादीक्षा लिइरहेका छन् । मास्टर कर्मा तान्पाईमा गज्जवको धार्मिक सहिष्णुता रहेको थियो । उनी हरेक धर्म र त्यसका अनुयायीलाई समान भावले हेर्ने गर्थे । उनी बौद्ध बाहेक अन्य धर्म र संस्कारहरुको बारेका रुची राख्ने मात्रै होइन अध्ययन समेत गर्ने गर्थे । नेपालमा हुँदा उनी शिवरात्रीमा पशुपतिनाथ मन्दिर दर्शनका लागी जसरी पनि पुग्ने गर्थे । विश्वलाई यस्तै यस्तै निस्वार्थ भावका अनेकौ जीवनपयोगी शिक्षा र ज्ञान छोडेर गएका मास्टर कर्मा तान्पाई ग्याल्जेनका अनुयायी र शिष्यहरुमा उनको ज्ञानको ज्योति बाँढ्ने जिम्मेवारी आइ पुगेक

Featured News

Advertisement