बुधबार १, बैशाख २०७८ Wed,14 Apr 2021

कौवावन कटैया गाउँमा दलित अधिकारको लागि दलित दबाब समुह गठ



बुधबार २१ , माघ २०७७

कौवावन कटैया , पर्सा २१, माघ, २०७७

पिसफोर दलितस फाउन्डेसन नेपाल , प्रदेश -२ को आयोजनामा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा -३, कौवावन कटैया गाउँमा दलित समुदायको भेला गरि दलित अधिकारको लागि दलित दबाब समुह गठन गरिएको छ। यो पर्सा जिल्लाको सबै गाउँपालिका/ नगरपालिका/ उपमहानगरपालिकाको सबै वडामा समुह गठन उदेश्य रहेकोे छ। दलित समुदायको माथि भैइरहेको हिंसा , हत्या , विभेदको विरुद्ध आवाज उठाउन यो दलित दबाब समुह गठन गरिएको छ। दलित माथिको जातीय विभेद , छुवाछूत , सामाजिक विभेद , अन्याय , अत्याचार , दमन शोषण असमानता कायम नै रहेकोे छ। गैर दलितले अहिलेसम्म दलितलाई मानव मानेका छैन। गाउँपालिका / वडाले अहिलेसम्म दलित समुदायको लागि खासै केही गरेको छैन। गाउँपालिकाको बजेट, निति तथा कार्यक्रममा दलित सवाल , अधिकारलाई समाबेश गरिएको छैन । सामाजिक आन्दोलन गर्ने तयारी पनि गरिएको छ। दलित समुदायको समस्या , दलित समुदायको अधिकारको संघर्ष गर्न आवश्यक देखिएको छ। गाउँपालिका बाट दलित समुदायले अहिलेसम्म सेवा सुबिधा नपाएको दलित समुदायको गुनासो रहेकोे छ। नेपाल सरकारले दिएको सेवा सुबिधा , हाम्रो अधिकार गाउँपालिकाले दबाएर , लुकाएर राखेको दलित अगुवाले भन्नू हुन्छ। पर्सा जिल्लाको सखुवाप्रसौनीको सबै वडाको दलित जनता संग गैस सिलिन्डर वितरणको लागि ७०० , ८०० रुपैया लिएर अहिलेसम्म गैस सिलिन्डर वितरण गरिएको छैन। दलित समुदायमा आक्रोश रहेकोे छ। गाउँपालिका , वडा र प्रदेश सरकार , नेपाल सरकारलाई दलितको अधिकार लागि दबाब दिनकोलागि वडा स्तरीय दबाब समुह गठन गरिएको छ। गठन गरिएको दलित दबाब समुहको संयोजक जयलाल महारा चमार संयोजकत्वमा १८ सदस्यीय समिति गठन गरिएको छ। समुहको स-संयोजक गजेन्द्र राम , स -संयोजक ब्रहमा महरा सदस्यहरु रामदेव मुसहर , सुनरी देवी मुसहर ,सुरस्ती देवी मुसहर ,विनोद मुसहर ,सुनलाली देवि चमैन,टैईट महरा, रामकिशोर महरा चमार , , सुरज महरा, खुबलाल मुसहर ,रामसिस महरा चमार ,लोरिक चमार ,वेदमा देवी ,रुदल महरा,मोहन मुसहर ,विसुन मुसहर लगायतको रहनु भएको छ। दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान , पिसफोर दलितस फाउन्डेसन नेपालको अशोक राम, पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य परमान्द राम , दलित अगुवा लगायतको सहभागिता रहेकोे छ। यस संस्थाको पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष दलित सामाजिक अभियान्ता मनोज राम ज्युले जानकारी दिनु भएको छ।