बुधबार १, बैशाख २०७८ Wed,14 Apr 2021

संसद अधिवेशन पछि कस्तो बदलाव आउन सक्छ ? मोहमद साबिर मन्सुर



शनिबार १५ , फाल्गुन २०७७

 मोहमद साबिर मन्सुर कलैया , बारा सर्वोच्च अदालतले प्रतिनिधिभा (संसद) विघटन गर्ने पुस ५ को निर्णय बदर फाल्गुन १२ गते गरेको थियो र, पुनर्स्थापित संसदको बैठक १३ दिनभित्रै बोलाउन परमादेश जारी गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन असंवैधानिक भएको फैसला सुनाए का थिए । संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकुल सम्माननीय प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा (१) र (७) धारा ८५ तथा संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता को बारेमा विश्लेषण गर्दै , सम्माननीय राष्ट्रपतिबाट २०७७/०९/०५ को मितिमा भएको प्रतिनिधिसभा विघटनको निर्णय, विज्ञप्ति समेतका तत्सम्बन्धी सम्पूर्ण कामकारबाहीहरु असंवैधानिक भएकाले प्रारम्भदेखि नै कानुनी प्रभाव शून्य रहने गरी उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ’ आदेशमा भनिए को थियो ।

संसद पुनर्स्थापना गर्न सर्वोच्चले टेकेको आधारहरू : एक : नेपालको शासन प्रणाली संसदीय मात्र होइन, मौलिक छ दुई : बहुमत प्राप्त दलको नेताले सरकार चलाउनैपर्छ तीन : बाध्यात्मकरुपमा मात्र हुन सक्छ संसद विघटन चार : प्रधानमन्त्रीलाई विशेषाधिकार छैन # अब १३ दिनमा बैठक बोलाउनू बारे । संसद विघटन बदर घोषित गरेको सर्वोच्चले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन परमादेश समेत दिएको छ । प्रतिनिधिसभाको अधिवेशन १८ असारमा अन्त्य भएको र संविधानअनुसार ६ महिनाभित्र अर्को अधिवेशन आहृवान हुनुपर्ने हुनाले अब १३ दिनभित्र अधिवेशन बोलाउन राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको नाममा परमादेश पनि जारी गरेको छ । सरकार मा कस्तो बदलाव देखिन सक्छ प्रतिनिधि सभा : २७५ नेकपा = १७४ (सुनिन्छ: ओली ७८ + प्रचण्ड-माधव ९५), नेका = ६३, जसपा = ३४ र अन्य = ४ सरकार बनाउन कम्तीमा १३८ जना सांसद चाहिने रहेछ । अब सम्भाब्यता हेरौ । १. ओली + कांग्रेस = १४१ २. प्रचण्ड-माधव + कांग्रेस = १५८ ३. जसपा + प्रचण्ड-माधव + अन्य < १३८ : (पुगेन) रहयो अब प्रधान मन्त्री को हुन् सक्छन् , हामीले जाने बुझे अनुसार वर्तमान प्रधानमन्त्री माननिय केपी शर्मा ओली ज्यू माथि राजीनामा दिनु भनेर धेरै आंतरिक जोर पुगेको जस्तो सुनिन्छ र अर्को नयाँ प्रधान मन्त्री देश मा ल्याउने कुरो पनि चल्दै छ ।

नयाँ प्रधानमन्त्री को रूप मा को आउन सक्नु हुन्छ त्यसको अनुमान गर्यौ भने हामीले हाम्रो राजनीतिक दल हरुमा धेरै जस्तो अनुवार हेर्न सक्छौ जस्तै १) शेर बहादुर देउवा २) डा .बाबु राम भट्टराई ३) पुष्प कमल दाहाल (प्रचण्ड ) ४) माधव नेपाल ५) उपेन्द्र यादव राष्ट्रपतिमा झलनाथ खनाल, प्रधानमन्त्री देउवा र राष्ट्रियसभाको अध्यक्ष वा उपसभामुख जसपालाई दिनेगरी पावर सेयरिङ हुने संभावना पनि छ । अब आउने नेपाल मा नयाँ सरकार को रूप मा कस्तो हेर्न सकिन्छ भन्ने कुरा हामी संसद को बैठक र अधिवेशन पछि हेर्ने नै छौ । जनता को मत सँग खेलवाड न हुदै हाम्रो देश नेपाल समृद्धि को बाटो तिर बिकाश हुदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै अगाडि बढ्ने जनता को आशा छ ।