संविधान संसोधनको सहमतिमा जसपा सरकारमा जानु पर्ने: रवि दत्त मिश्रा
शमशाद आदिल/
संविधान संसोधनको सहमतिमा जसपा सरकारमा जानु पर्ने जनता समाजवादी पार्टीका सचिवालय सदस्य कपिलवस्तुका नेता रवि दत्त मिश्राले बताएका छन। संविधान पारित गर्दा नै प्रतिगमन मधेशी जनता माथि भएको थियो । पुरानो प्रतिगमन सच्याएर सरकारमा सहभागिता उचित हुनेछ। पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने विश्वासको वातावरण बन्न नसकेको कारण पार्टीले सरकारमा आतुर देखिदैन । मधेशी जनता सँग बारम्बार गरिएको समझौता कार्यान्वयन नगरी समीकरण मिलाएर सरकारमा सहभागी गराएर अन्त्यमा धोका दिने कार्य भएको नेता मिश्राले बताए ।
आदिल टाइम्सका प्रतिनिधि शमशाद आदिलका सँग कुरा गर्दै उनले भने टाउको कटुवा हरु यो देशको प्रधानमंत्री हुन पाउने तर जनताको अधिकार प्राप्तिका लागि आन्दोलन गर्ने रेशम चौधरी जेलमा बस्नु पर्ने ? यो अन्यायको अन्त्य नभए सम्म सरकारमा सहभागि हुन सकीदैन । मधेशी नेताहरुलाई आन्दोलनक्रममा झूठा मुद्दाहरु लगाइएको छ त्यो सब ख़ारेजीको ग्यारेन्टी हुने र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समावेशिताको नीति पूर्णरूपमा कायम गर्ने माग सम्बोधन भए मात्रै सरकारमा जनता समाजवादी पार्टी सरकारमा सहभागिता जनाउन सक्छ।
नेता रवि दत्त मिश्राले आफ्नो कुरा जोडदै भने यो सँग सँगै ओली प्रवृतिलाई परास्त गर्दै र सर्वोच्च अदालतको सम्मान गर्दै लोकतान्त्रिक पक्षधरहरु सँग सहकार्य गरेर सरकारको नेतृत्व जनता समाजवादी पार्टीले लिन सक्ने कुराको जिकिर गरे।