बुधबार १, बैशाख २०७८ Wed,14 Apr 2021

नेकपा एक हुनुपर्ने सबैको चाहना: हजरत अली खान



आईतवार १६ , फाल्गुन २०७७

शमशाद आदिल-

 नेपाल कम्युनिस्ट पार्टी एकताबद्ध हुनुपर्ने सम्पूर्ण पार्टी कार्यकर्ताहरुको चाहना रहेको नेपाल कम्युनिस्ट पार्टी यशोधरा कपिलवस्तुका अध्यक्ष हजरत अलि खानले बताएका छन । लोकतन्त्र संघीयता र नागरिक सर्वोच्चतालाई समर्थन गर्ने र कम्युनिस्ट आन्दोलनप्रति विश्वास राख्नेहरु एकठाउँमा हुनु पर्ने अध्यक्ष अलि खानले भने। कम्युनिस्ट पार्टीको विधि विधान र आन्दोलन प्रति ईमानदार रहेका कार्यकर्ताहरु पार्टी फूटे पछि दुःखित भएको उनले जिकिर गरे।पार्टी ठुलो हुन्छ न कि कुनै व्यक्ति । एउटा व्यक्तिको आफ्नै सनकमा पार्टी लाई नोकसान पुर्याउनु जायज हुदैन। संविधान भन्दा माथि कोही पनि हुदैन र हुनु पनि हुदैन भन्ने कुरा उल्लेख्य गर्दै असंवैधानिक अलोकतान्त्रिक कदम चालने प्रवृत्तिको अन्त्य गर्दै संविधान पक्षधर अग्रगामी पक्षधरहरुको नेतृत्वमा सबै कम्युनिस्ट नेता कार्यकर्ता एकठाउँमा आउनु पर्ने भने।

पुष ५ गते ओलीको प्रतिगमन पश्चात जारी भएको आन्दोलन हड़ताल तोड़फोड़ र नोक्सानको जिम्मेवार स्वयम ओली प्रवृत्तिलाई जान्छ । अदालतले समेत प्रतिगमनकारी भएको ठहर गरे पछि क्षणिक लोभ लालचलाई त्याग गर्दै सबै नेता कार्यकर्ताहरु अग्रगमन पक्षधर संविधान पक्षधरको नेतृत्व स्वीकार गर्नुपर्ने बताए। संसद विघटन पश्चात आम सर्वसाधारण देखि नागरिक अगुवाहरु निराश भएका थिए। अदालतले संसद पुनर्बहालीको आदेश दिएकोमा सबै खुशी छन र अदालत प्रति सम्मान व्यक्त गरिरहेको कुरा जिकिर गरे ।

संसद विघटन पश्चात ओली सरकारले कपिलवस्तुबाट मुस्लिम आयोग र भूमि आयोग लगाएर चार जनाको नियुक्ति गरेको थियो ।