शुक्रबार ३१, बैशाख २०७८ Fri,14 May 2021

प्रदूषण , आधुनिकता र अबैज्ञानिक्ता : सल्मा बेगम



मंगलवार १७ , चैत्र २०७७

प्रे फर नेपाल , कति सजिलै रंगिन छन ,फेसबुकका भित्ताहरु,

एति रफ्तारमा दौडन्छ्न यी शब्दका बहावहरु,

मानौ कि यी शब्दले धुम्म परेका आकाशलाई खुल्ला पारिदिनेछ्न,

प्रदुषित बायुको कणहरुलाई सफा बनाइदिने छ्न, क्षणभर मै नाग्ङियका डढेका रुखहरुलाई, हरियाली बनाइदिने छ्न,

हानिकारक ग्यासहरुले प्रदुषित बनाएको यो प्रकृतिलाई स्वच्छ बनाइदिने छ,

कति सस्तो यो शब्द, कति सजिलो यो काम।

केही दिन यता सुर्य मुस्कुराएर उदाउन छोडेको छ,

मौसमी चैतको हुरि चल्न छोडेको छ,

खुल्ला आकाशलाई कालो बादलले छेकेर राखेको छ,

अस्ति बर्खामा बर्खे झरी उर्लिन अन्काएको छ,

मैले चराचुरुङिको आवाज सुन्न छोडेकी छु, मलाइ चिसो हावाको बेगले स्पर्श गर्न छोडेको छ,

तर पनि हामी अनबिज्ञ छौँ ,यो परिबर्तन सङ्ग मौन छौँ , आधुनिकताको रफ्तारमा ,

अन्धभक्त भई बिनाशकारी बिकासको दौड्मा अल्मलिरहेका छौँ।

बाताबरण नासिदै छ, अहं! गलत हामीहरुले बाताबरणलाई नास्दै छौँ

  तिम्रा अग्ला अग्ला १२सिसि ढलान गरेका महलहरुले, हाम्रा उर्बरायुक्त जमिन मास्दै छ,

तिम्रा बिलासिलताको जिन्दगीले चलाउने सवारी साधनको मुस्लोले मेरो वायु कालिदै छ,

तिमी कृतिम बस्तुमा रमाउने मनुस्री जो पर्यौ, त्यसैले त अक्सिजन दिने रुखबिरुवा मासेर तिमी पार्क बनाउदैछौ,

त्यसमा कृतिम प्लास्टिकका घाँस ओछ्याउछौ,

कृतिम झर्नामा उफ़्री उफ़्री नाच्छौ,

कृत्रिम स्विमिङ पुलको फोहोर पानीमा रमाउछौ अनि हराउछौ

त्यही कृत्रिम दुनियामा तिमी बुज्न सक्दैनौ ,प्रकिर्तिको महिमा

किनकी कल कल बग्ने नदिनालालाई तिम्ले फोहोर फाल्ने डिस्पोजल साइट बनाको छौ।

कतो सजिलो छ अहिले मानुस्यलाई प्रदुषणबाट बच्न , तिमी स्टेप स्टेपको रोग बाट बचाउने मास्क बनाउन सक्छौ ,

नाक अनि फोक्सोको सुरक्षा गर्ने आसामा, तिमी केमिकल औषधी र फिल्टर को प्रयोग गर्छौ दुसित पानी बाट सर्ने रोगबाट बच्ने आसामा,

तिमी थरी थरिका रिफ्राक्टिभ सन ग्लास लगाउछौ, अल्ट्राभैलेट रेज बाट बच्ने आसामा,

तिमी बनजङलमा आगो लगाउछौ, डडेलो लगाउछौ नया पालुवा पनाउने आसामा,

तर आफ्सोच बैज्ञानिक तिम्रा आसा अनि प्रयासहरुले , अपुरा र अधुरा छन

किन कि मास्क बनाउन र लगाउन सिकाउने तिम्रा चेतनसिल मस्तिष्कले प्रदुषण रोक्न सिकाएन,

पानि प्रदुषण नगर्न सिकाएन, बोट बिरुवा रोप्न सिकाएन, बन्यजन्तु को संरक्षण गर्न सिकाएन,

बिचरा तिम्रा अधुनिक अबैज्ञनिक चेतना। तिमि तिम्रो घर सफा चाहान्छौ,

तर तिम्रो समाज हैन, त्यसैले त घरबाट निस्किएको फोहोर बहिर जलाउछौ,

तिमिलाइ डिजाइन गरिएको आरामदायी सुन्दर फर्निचर चाहिन्छ तर फर्निचर बनाउन चाहिने काठ चाहिन्न,

त्य्सैले त कहिले एउटा बिरुवा रोप्दैनौ, तिमीलाई स्वच्छ ,सफा ताजा खाना चहिन्छ,तर त्यही अन्न फलाउने जमिन चाहिदैन,

त्य्सैले र माटो माथी इट्टा र सिमेन्ट्को गाह्रो थुपर्छौ,

तिमिलाइ सास फेर्नको लागि अक्सिजन चाहिन्छ,तर अक्सिजन दिने रुख चाहिदैन,

त्यसैले त केही नसोची डडेलो लगाउछौ, पर्यावरण नै मासिने गरि जनावर पसु पन्छिको घर जलाउछौ।

कति स्वर्थी तिमी तिमी त बैज्ञानिक युग को आधुनिक मान्छे।

स्टे सेफ ,स्टे होम प्रे फर नेपाल भनी फेसबुक को भित्ता रङाउछौ।

सोशल मिडिया मा स्टेयाटस पोस्टौछौ यसरी नै बताबरण बचाउछौ

बाताबरण प्रदुषणको असरबाट बच्न, तिमी घर भित्र बस्छौ, तर तिनको जिन्दगी को जिम्मेवार को ?

जस्ले प्रकृतिलाई आफ्नो घर बनाएको छ।

हामी त चेतनशील प्राणी हामी २१औ शताब्दीमा आधुनिक बैज्ञानिक बिज्ञ थरी थरीका सेक्टर पिच्छे बिज्ञ नै बिज्ञ

त्सैले त होला प्रदुषणबाट बच्न बिद्यालय बन्द हुन्छ,

धुलो धुवा निकाल्ने कलकारखाना बन्द हुदैन,

कालो धुवा उडाउने सवारी साधन बन्द हुदैन,

फोहोरको डुङुर र ढललाई नदिमा मिसाउन बन्द हुदैन,

बनजंगलमा आगजनी र डडेलो लगाउन बन्द हुदैन,

रेस्ट्रुरेन्ट ,डिस्को, बारहरुमा हुक्का र चुरोटको गन्धहरु बन्द हुदैन,

रुख बिरुवा कट्ने र तस्करी का कामहरु बन्द हुदैन,

मन्दिर ,मस्जिद,चर्ज गुम्बाहरुमा दियो,अगर्बत्ती, मैनबत्ती,दियो र अछेताहरु प्रदुषण गर्ने काम बन्द हुदैन,

आन्दोलनको नाम मा सडकमा टायर हरु बल्न बन्द हुदैन,

मात्र बन्द हुन्छन त बिध्यको घरहरु जस्ले सबैलाइ मात्र प्रदुषण नगर्न सिकाउछ,

त्यसैले अब त म पनि भन्छु कति स्वर्थी हामि, कति लाचार अ बैज्ञानिक युगको बेआधुनिक मान्छे।

स्टे सेफ ,स्टे होम प्रे फर नेपाल भनी फेसबुकको भित्ता रङगाउँछौँ।

सोसल मिडियामा स्टेयाटस पोस्टयाउछौँ यसरी नै बताबरण बचाउछौँ  !!

सल्मा बेगम

Featured News

Advertisement