जित्नका लागि जित्छु भन्ने आत्मविश्वास सबैभन्दा ठूलो शक्ति हो

Logo ४ भाद्र २०७८, शुक्रबार ०८:२८ | Aadil Times                  

photo

जित्नका लागि जित्छु भन्ने आत्मविश्वास सबैभन्दा ठूलो शक्ति हो । एक पटक विचार गर्नुहोस् खुट्टामा जुत्ता त के चप्पल पनि नभएका यी तालिवानीले कसरी हराए ८६ अरब डलर खर्चेको, सुपर पावर भनिएको अमेरिकी सेनालाई ?

जित्छु भन्ने उही अदम्य आत्मविश्वासले जिते । हामी कुनै काम गर्दैछौं भने त्यो काम गर्नुको कारण याने रिजन केहो ? यस प्रश्नको उत्तरमा निर्भर छ हाम्रो सफलता र असफलता ।

अमेरिकन सेना पनि आफगानस्तानमा लडिरहेको थियो अत्याधुनिक हतियार र भरपूर सुविधा सहित । अर्कातिर तालिवानी पनि लडिरहेका थिए खाली खुट्टा र पुराना हातहतियार लिएर ।

तर तालिवानीले सहजै जिते, किन, कसरी ?

किनकि तालिवानीसँग बलियो र भावनात्मक कारण थियो लड्नुको । उनीहरु लड्नुको खास कारण थियो तर अमेरिकन सेना लड्नुको कारणै थिएन । तालिवानीहरु विदेशीको गुलामीबाट आफ्नो मातृभूमि र देशका जनतालाई मुक्ति दिनका लागि लडिरहेका थिए । त्यस कारणमा बलियो भावना जोडिएको थियो उनीहरु लड्नुमा ।

तर अमेरिकन सेना केवल थप सुविधा पाउनका लागि मात्र लडिरहेका थिए । पैसा बाहेक बलियो कारणै थिएन ऊ लड्नुमा । तालिवानीको त्यही बलियो कारणले बलियो आत्मविश्वास दियो, उनीहरुलाई अर्काले हैन त्यही बलियो कारणले स्वस्फूर्त रुपमा चलायो । लड्नुमा रिजन भएकाले उनीहरुमा जित्ने अदम्य उत्साह थियो । उनीहरुसँग लड्नुको खास कारण थियो, मातृभूमिलाई विदेशीको गुलामीबाट मुक्ति दिलाउनु ।

कुनै पनि लडाई जित्न सकिन्छ, कुनै पनि असंभव कुरालाई संभव बनाउन सकिन्छ तर त्यो लडाई लड्नुको, त्यो असंभव काम गर्नुको खास खारण छ भने ।

कुनै काम गर्दै हुनुहुन्छ भने बारम्बार आफूलाई सोध्नुस्, किन, किन ?

म केका लागि यो काम गर्न चाहिरहेको छु ? बलियो कारण नभेटुन्जेल काम शुरु नगरे पनि हुन्छ किनकि थाल्ने वित्तिकै गरुँ कि नगरुँको दोधार शुरु हुन्छ र असफलता मिल्छ । जुन दिन कुनै काम गर्नुको रिजन फेला पर्छ त्यो दिन संसारले नगर भने पनि त्यो काम गर्न मन लाग्छ र सफलता असफलताले हैन त्यही रिजनले तपाईंलाई काम गर्न प्रेरित गर्छ ।

By – Punya Prasad Prasai

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news