पर्वतमा गाडी र स्कुटर बाढीले बगायो, तीन जना बेपत्ता

Logo २३ असार २०७८, बुधबार ०८:४० | Aadil Times                  

पर्वतको कुश्मा नगरपालिका–८ मा सुन्दरे खोलामा आएको बाढीले गाडी बगाउँदा तीन जना बेपत्ता भएका छन् । 

खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा रहेका तीन जना बेपत्ता भएका नगरपालिकाका मेयर रामचन्द्र जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार कन्स्ट्रक्सनका साइट इञ्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारुसहित अर्का एक जना बाढीमा हराएका छन् । 

बाढीमा बेपत्ता भएकाहरुको खोजी भइरहेको छ । यस्तै, बाढीमा एउटा स्कुटर पनि बगाएको छ । गएराति पर्वतसहित गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा भएको थियो । आज पनि यो प्रदेशमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news