संविधानको पूर्णताले मुस्लिम समुदाय लाभान्वित हुने : सेराज फारूकी

Logo ३ आश्विन २०७८, आईतवार १५:२२ | Aadil Times                  

शमशाद आदिल ,काठमांडौ/

वर्तमान नेपालको संविधान२०७२ले मधेशी मुस्लिम दलित थारू जनजाति लगायत पिछडीएको सीमान्तकृत जनसमुदायको हकमा धेरै हद सम्म अधिकार समेटिएको छ। संविधानको पूर्णतालेमात्र मुस्लिम समुदाय बढ़ी लाभान्वित हुने नेकपा एमाले का नेता सेराज फारूकीले बताएका हुन ।

आदिल टाइम्स सँग कुरा गर्दै फारुकीले
अहिलेको संविधान पूर्ण रुपमा कार्यान्वयन हुन नसकेकोमा दुःख समेत व्यक्त गरेका छन ।

मुस्लिम समुदायलाई विगत २४०वर्ष देखि राज्य शासनले सुनियोजित तवरले पछाडि पारिएको भन्दै वर्तमान संविधानले विकासको ढोका खुलेको बताए।

उनले आफ्नो कुरा थप्दै भने अहिले विभिन्न पार्टीमा लागेका राजनितकर्मीहरु अधिकारकर्मीहरु पत्रकारहरु सबैले आआफ्नो स्तर बाट संविधानलाई कार्यान्वयन गरी सर्वस्वीकृत बनाउन माहौल सृजना गर्नु पर्ने बताए।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news