
राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) काे आन्तरिक मूल्यांकनको नतिजा साउनभित्र प्रकाशित गर्ने भएको छ। परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले साउनभित्रमा नतिजा प्रकाशित गर्ने लक्ष्य लिएको जानकारी दिए।
परीक्षा नियन्त्रक अधिकारीले भने,‘अहिले विद्यालयले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा आन्तरिक मूल्यांकन गरेकाे नम्बर पठाएका छन्,ती नम्बर यो महिनाको मसान्तसम्ममा बोर्डमा पठाउँछन्।’
उनका अनुसार बोर्डमा नम्बर प्राप्त भएपछि इन्ट्री र रुजु गरिने छ। ‘समयमा सबै आन्तरिक मूल्यांकनको नम्बर प्राप्त भएमा साउनभित्रमा नतिजा प्रकाशित हुन्छ,’अधिकारीले भने।
Like Our Facebook Page For Regular Updates