दुई छोराको हत्यापछि आमाले गरिन् आत्महत्या!

Logo २३ आश्विन २०७८, शनिबार १३:०५ | Aadil Times                  

धनुषामा आमाले दुई सन्तानको हत्यापछि आत्महत्या गरेकी छन्। जिल्लाको नगराइन नगरपालिका– ४ मा आफ्ना ३ र ५ वर्षका दुई छोराको हत्यापछि आमाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

लगमाका गुरुदेव साहकी श्रीमती करिब २५ वर्षीया गुडियादेवी साहले आत्महत्या गर्नुअघि दुई छोराको हत्या गरेको धनुषा प्रहरीले जनाएको हो।

प्रहरीका अनुसार ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी निमोठेर हत्या गरेपछि गुडियाले पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

श्रीमान मजदुरी गर्न घरमा नरहेको समय शुक्रबार साँझ दुई छोराको हत्यापछि गुडियाले आत्महत्या गरेको धनुषा प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

उनका अनुसार घरमा सासूससुरामात्रै रहेको बेला गुडियाले घटना घटाएर आत्महत्या गरेको देखिएको छ।
गुडियाले प्रेमविवाह गरेका कारण छोराहरुको हत्यापछि आत्महत्या गर्न नसक्ने माइती पक्षको दावी छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news