कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो सातापछि लिने

Logo २१ असार २०७८, सोमबार १७:३१ | Aadil Times                  

 यस वर्षको कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो सातापछि लिने तयारी भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सम्पन्न हुनुपर्ने परीक्षा कोभिड–१९ महामारी दोस्रो लहर फैलिएपछि चार महिना पछाडि सरेको हो ।

परीक्षा सञ्चालन गर्न मन्त्रालयलाई पत्र पठाइसकेको र मन्त्रालयबाट सिफारिस आउन बाकी रहेको अर्यालले बताए ।

यसै अनुसार विद्यार्थीहरूलाई तयारी रहन समेत बोर्डले जानकारी गराएको छ । परिक्षाको मोडालिटि मन्त्रालयले निर्णय गरे पछि सार्वजनिक गरिने बोर्डले जनाएको छ ।

अघिल्लो वर्ष कक्षा १२ को परिक्षा आन्तरिक मुल्यांकन र लिखित गरि दुई तरिकाबाट गरिएको थियो ।



सम्बन्धित खबर