एमाले स्थायी कमिटी बैठक बस्दै, कार्यदलमा भएको सहमति अनुमोदनको तयारी नेकपा एमाले नेकपा एमाले नेकपा एमाले

Logo २९ असार २०७८, मंगलवार ०९:२२ | Aadil Times                  

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे डाकिएको बैठकमा कार्यदलमा भएको १० बुँदे सहमति अनुमोदनको तयारी भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

नेपाल-खनाल समूह पनि सहभागी हुने आजकै बैठकले केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने तामाङले बताए । यसअघि सोमबार साँझ बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा नेपाल खनाल-नेपाल समूहका नेता भीम रावल पनि सहभागी भएका थिए । कार्यदलले सोमबार अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई सहमतिको दस्ताबेज बुझाएको छ।

संस्थापन पक्षले आजको बैठकमा सबै सहभागी हुने दाबी गरे पनि नेपाल-खनाल समूह भने आन्तरिक परामर्शमा छ । आन्तरिक छलफलपछि सो समूहले के गर्ने भन्ने निर्णय लिनेछ । तथापि गठबन्धनको सोमबारको बैठकमा नेता नेपालले आफू अब गठबन्धनमा नरहने बताएकाले उनीसहितका नेताहरु बैठकमा सहभागी हुने अपेक्षा गरिएको छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news