चितवनमा पहिरोमा पुरिएर एकै घरका ३ बेपत्ता

Logo १७ असार २०७८, बिहीबार २०:४७ | Aadil Times                  

चितवनको दुई छुट्टाछुटै ठाउँमा पहिरोमा पुरिएर दुईजनाको मृत्‍यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।

मृत्‍यु हुनेमा पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ र एकजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए ।

अधिकारी अनुसार आफन्तको घर जाने क्रममा बाटोमाथिबाट आएको पहिरोमा चेपाङ पुरिएका थिए।

यस्तै राप्ती नगरपालिका-१२ मा पहिरो जाँदा एकै घरका चारजना बेपत्ता भएका छन् भने एकजनाको लाश भेटिएको एसपी अधिकारीले अनलाइनखबरलाई बताए ।

यस्तै दास ढुंगामा नजिकै ठूलो ढुंगा खस्दा पुन: सडक अवरुद्ध भएको उनले बताए ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news