भारतले नेपालबाट दैनिक २ करोडको बिजुली पैंचो लिन थाल्यो

Logo १ कार्तिक २०७८, सोमबार २२:५९ | Aadil Times                  

भारतमा कोइलाको अभावमा थर्मल प्लान्टबाट बिजुलीको आपूर्ति कम हुन थालेपछि विहार सरकारले नेपालबाट अफआवरमा ३५५ मेगावाट बिजुली पैंचो लिन थालेको छ । नेपाल विद्धुत प्राधिकरणका अनुसार दैनिक औसतमा २ हजार मेगावाट आवर बिजुली भारतले पैंचोका रूपमा लिन थालेको हो ।

भारतले नेपाललाई बिजुली विक्री गर्दा नेपाली ९ रुपैयाँ ६० पैसाको दरले विक्री गर्छ । यस हिसाबका आधारमा २० लाख युनिटको ९ रुपैयाँ ६० पैसाका दरले १ करोड ९२ लाख रुपैया बराबरको बिजुली नेपालले भारतलाई दैनिक १२ घण्टा सापटी अर्थात् पैंचो दिइरहेको छ । सुक्खा याममा नेपालमा बिजुलीको उत्पादनमा कमी हुँदा भारतले आफूले लिएको पैंचो फिर्ता गर्छ ।

नेपाल विधुत प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले भारतको विहार राज्यमा बिजुलीको माग भएअनुसार पैंचोका रूपमा अधिकतम रक्सौलबाट ८५ मेगावाट, दुहवीबाट १५० मेगावाट, रामनगरबाट ७० मेगावाट र ढल्केबरबाट ५० मेगावा गरि अहिले भारतलाई ३५५ मेगावाट बिजुली बेलुकी ६ बजेदेखि बिहान १० बजेसम्म दिने गरिएको छ ।

सरदरमा भारतले अहिले २ हजार मेगावाट आवर बिजुली नेपालबाट खपत गर्दै आएको छ । कहिले कम र कहिले केही बेसी लिने गरेको छ । सबै विधुत स्टेशनबाट भारतले बिजुली पैंचोमा लिएको हो । नेपाल विद्धुत प्राधिकरणले सुक्खा मौसममा बिजुली फिर्ता लिएर आपूर्ति व्यवस्थापन गर्दै आएको छ ।,

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news