मोरङको जहदा गाँउपालिका वडा न ३ जयरामपुरका ३० वर्षिय प्रकाश कामतलाई एउटै परिवारका ४ जना मिलेर कुटपिट गर्दा घाइते भएका छन् ।
>
शुक्रबार साँझ ५ बजे प्रकाश आफ्नो छोरी संग औषधि खरिद गरेर घर फर्किने क्रममा कामत माथी आक्रमण गरिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । कुटपिट गर्नेमा श्रवन मुखिया , पञ्चल मुखिया, नागेन्द्र मुखिया , बिष्णु मुखिया रहेको पिडित प्रकाशले बताएका छन् । उनीहरु सबै एउटै परिवारका हुन् । कामत आफ्नो घर अगाडी आइरहेको बखत उनलाई बाँस , ईट्टा र फलामको घरेलु हतियारले घाइते पारिएको पिडितले बताए ।>
कामतलाई राती ८ बजे विराटनगरको न्युरो अस्पतालमा आकस्मिक कक्ष्मा भर्ना गरिएको हो । >
६ महिना अगाडि मुखिया परिवारहरु तास खेलिरहेको बेला कामत तास खेलेको हेर्दा उनिहरुलाई गालिगलोज गरेका थिए । सोह िसमयमा उनिहरु बिच सानो झगडा परेको थियो । पुरानो कुरालाई लिएर एक्लै भएको अवस्थामा आफु माथी आक्रमण भएको कामतले बताए । कामतको घरमा दूई छोरी , श्रिमती ,बुबा गरि जम्मा पाँच जना परिवार छन् । उनी काठ मिस्त्री हुन् ।>
कामतलाई मुखिया परिवारले ज्यान समेत मार्ने धम्की दिएको उनको आफन्त महादेव कामतले बताए । मुखियाका परिवारहरुले यस अघि पनि रक्सी खाएर अरु संग झगडा गर्ने , धम्काउने गर्ने , कुटपिट गरी दादागिरी देखाउने गरेको महादेवले बताए । बाँसले आक्रमण गर्ने श्रवन मुखियालाई प्रहरीले पक्राउ गरेको छ । >
>>