सरकारले उद्योगी, व्यवसायीको समस्या समाधान गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ : उपराष्ट्रपति यादव

Aadil Times 1+ समाचार ( )
२१ वैशाख २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले उद्योगी, व्यवसायीहरूको समस्या समाधान गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताएका छन् । 

उद्योगी, व्यवसायीहरूले चर्को व्याजदरका कारण आफूहरू मारमा परेको गुनासो गरिरहेका बेला उपराष्ट्रपति यादवले लगानी, व्यवसायिक वातावरण निर्माण गरी उनीहरूको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने स्मरण गराएका हुन् । 

ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, रोजगारी सृजना, आयात प्रतिस्थापन गरी निर्यात हुने वस्तु उत्पादनको क्षेत्र पहिचान गर्नुपर्छ । 

यसरी पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूला उद्योगसँग जोड्ने काममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श जस्ता ठूला र अग्रणी संस्थाहरूले विशेष भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे ।

उपराष्ट्रपति यादवले ग्रील व्यवसायीहरूले भोग्नु परेका समस्याहरू समाधानका लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षण पनि गराए । 

 

प्रतिक्रिया