विराटनगर । खेलकुद पर्यटनको माध्यमबाट कोशी प्रदेशको राजधानी वरपरका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले आउँदो शनिबार खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ ।
>
कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा जेठ ६ गते शनिबारका दिन हाफ म्याराथन प्रतियोगिता तय गरिएको हो । त्यसका लागि मन्त्रालयले १४ सदस्यीय आयोजक समिति पनि गठन गरेको छ ।मन्त्रालयले ‘खेदकुद पर्यटन प्रवद्र्धन, विराट–बर्जु हाफ म्याराथन’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरेको हो ।
>
सुनसरीको बर्जु गाउँपालिकामा अवस्थित बर्जु ताल पर्यावरणीय महत्वको सिमसार क्षेत्र हो । बर्जुको प्रवद्र्धन र विकासका लागि प्रदेश सरकारले विशेष लगानी गर्ने प्रस्ताव अगाडि बढाउने क्रममा २३ किलोमिटर दूरीमा रहेका दुई महत्वपूर्ण पर्यटकीय केन्द्रसम्मको दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।
>
खुला हाफ म्याराथन प्रतियोगितामा बढी १०० जनालाई सहभागी गराइने मन्त्रालयका सचिव संजीवकुमार राईले जानकारी दिए । उनले भने ‘बढीमा एक सय जनाले प्रतियोगितामा भाग लिने छन् त्यसका लागि फस्र्ट इन फस्र्ट सर्भिसको आधारमा सहभागी तय गरिने छ ।’ म्याराथनमा सहभागिता जनाउन आयोजक समितिले कोशी प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलको बराह बाहिनी मुख्यालय इटहरी, नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर इटहरी, सातै प्रदेशका एथलेटिक्स संघ, कोशी प्रदेशका १४ वटै जिल्लाका एथलेटिक्स संघ संस्थाहरुलाई संस्थागत आमन्त्रण गर्दै पत्राचार गरिएको छ । त्यसबाहेक इच्छुक व्यक्तिहरुलाई पनि सहभागिताका लागि आव्हान गरिएको छ । प्रतियोगितामा भाग लिन चाहनेले जेठ ४ गते अपरान्ह ४ बजेसम्म नाम दर्ता गर्न सक्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
>
>>