नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को राष्ट्रिय महाधिवेशन सुरू भएको छ ।
>
एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गरे । काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित उद्घाटन समारोहलाई अनेरास्ववियुले प्रविधियुक्त बनाएको थियो । एमालेले चितवनको १०औं महाधिवेशनलाई पनि प्रविधिमा हाइटेक विधि अपनाएको थियो ।
>
यसअघि अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले महाधिवेशनलाई प्रविधिमैत्री बनाउने बताएकी थिइन् । नेतृत्वका लागि मतदान गर्नुपर्ने अवस्थामा अनेरास्ववियुले विद्युतीय भोटिङको समेत व्यवस्था गर्ने तयारी गरेको छ ।
>
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् भने १५ सदस्यीय तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछन् ।
>
भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।
>
उद्घाटन समारोहमा यसअघि अखिलको नेतृत्व सम्हालिसकेका एमाले महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की लगायतका नेता सहभागी छन् ।
>>