उत्तर कोरियाबाट कोरोनामाथि जित घोषणा

Aadil Times 1+ समाचार ( )
उत्तर कोरियाबाट कोरोनामाथि जित घोषणा
२९ श्रावण २०७९

उत्तर कोरियाले कोरोना भाइरस विरुद्धको लडाइमा चम्किलो जित हासिल गरेको घोषणा गरेको छ ।

गत अप्रिल र मे महिनामा करिब ४८ लाख उत्तर कोरियालीमा संक्रमण भएकोमा ७४ जनाको मात्रै ज्यान गएको भन्दै उत्तर कोरियाले भाइरसमाथि जित हासिल गरेको बताएको हो ।

उत्तर कोरियाली नेता किम जोङले स्वास्थ्यकर्मीहरुसँग कुरा गर्दै कोरोनामाथि चम्किलो विजय हासिल गरेको घोषणा गर्नुभएको त्यहाँको सरकारी मिडिया केसीएनएले किमकी बैनी किम यो जोङलाई उद्धृत गर्दै जनाएको छ ।

नेता किमले उत्तर कोरियाली जनताको अदम्य दृढताले भाइरसलाई पराजित गर्न सम्भव भएको भन्दै स्वास्थ्यकर्मी र वैज्ञानिकहरुको प्रशंसा गर्नुभएको जनाइएको छ ।

संक्रमणका क्रममा नेता किमलाई पनि उच्च ज्वरो आए पनि उनी कुनै पनि बेला ओछ्यान नपरेको दाबी पनि बैनी किमले गरेकी छन् । बैनी किमले दक्षिण कोरियाको एउटा पर्चाका आफ्नो देश पनि संक्रमणबाट गुज्रिनु परेको आरोप पनि लगाएकी छन् ।

उत्तर कोरियामा कोरोना संक्रमणको तुलनामा शून्य दशमलव शून्य शून्य दुई प्रतिशत मात्रै मृत्यु भएको देखिएको छ, जुन विश्वकै सवैभन्दा कम मृत्युदर हो । संक्रमणको समयमा पनि त्यहाँ घरेलु उपचार पद्धति अपनाइएको र कुनै खोप कार्यक्रम नचलाइएको बताइएको छ ।

प्रतिक्रिया