शान्ति प्रक्रियाको बाँकी काम पीडितलाई न्याय र विश्वका लागि अनुकरणीय हुनेगरी टुंग्याउने : प्रधानमन्त्री

Aadil Times 1+ समाचार ( )
१२ जेठ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम पीडितलाई न्याय र विश्वका लागि अनुकरणीय हुनेगरी टुंग्याउने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित रहेको विषय चाँडै टुंगोमा पुर्‍याउन राजनीतिक तहमा समझदारी बनेको बताए ।

उनले भने, ‘नेपाली मौलिकतासहित टुंगोमा पुगेको शान्ति प्रक्रियामार्फत् प्राप्त उपलब्धि उल्ट्याउन चाहने व्यक्तिहरु अहिले पनि न्यायलाई अवरुद्ध गर्ने प्रयासमा छन् ।

यो विषय टुंगोमा नपुग्दै फेरि द्वन्द्वलाई चर्काएर फाइदा लिन खोज्ने शक्तिहरु देखापर्ने गरेका छन् । यस्ता गतिविधिले संक्रमणकालीन न्यायलाई बिथोल्ने खतरा पैदा भएको छ ।’



प्रतिक्रिया