संखुवासभामा शुक्रबार सिम्रिक एयरको एउटा हेलिकोप्टर दुर्घटना भएको छ । अपर अरुण जलविद्युत् आयोजनाको निर्माण सामग्री बोकेर गएको हेलिकोप्टर भोटखोला गाउँपालिका–४, सिब्रुङ आसपास दुर्घटना भएको प्रहरीले जनाएको छ ।
>
उक्त हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएर बसेको थियो । आज सामान ओसारपसार गर्ने क्रममा दिउँसो १ बजेदेखि हेलिकोप्टरको सम्पर्क टुटेको थियो ।
>
हेलिकोप्टरमा सामानबाहेक चालक मात्र रहेको र उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।
>
कोसी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी राजेशनाथ बास्तोलाका अनुसार प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।
>
>>