ओली प्रवृत्तिलाई परास्त गर्न सामान्य कानूनी लडाइँले संभव छैन : बलराम तिमिल्सीना

Logo २९ असार २०७८, मंगलवार ११:४२ | Aadil Times                  

संसदपुनर्स्थापना गर्न  अदालत को परमादेश पछि नागरिक अगुवाहरुले पनि सदैव झै आफ्नो अभिव्यक्ति सार्वजनिक गरिरहेका छन । नागरिक आंदोलनका अभियन्ता तथा कवि बलराम तिमिल्सिना पूर्व प्रधानमंत्री  केपी ओली शर्मा लाई लक्षित गर्दै लेख्छन

 

“ केपी ओली अब कुनै ब्यक्ति मात्र होइन ।बरु यो त नेपालको राजनीतिमा पछाडिपट्टी फर्केको सोच, चिन्तन र यात्रा हो । त्यसैले ब्यक्ति केपी ओली अदालतको एउटा आदेशले पराजित हुदैमा पश्चगामी प्रवृत्ति पराजित भएको ठान्ने गल्ति गर्नु हुदैन। संसदीय राजनीतिका हरेक दल र दलका हरेक पात्रमा केपी ओलीहरू छन्। त्यसो त नेपाली समाजको एउटा हिस्सामा नै केपी ओलीहरू छन्। केपी ओली प्रवृत्तिलाई परास्त गर्न सामान्य कानूनी लडाइँले संभव छैन। त्यसको लागि नेपाली समाज र सत्तामा विद्यमान केपी ओली चिन्तनलाई परास्त गर्ने एउटा अग्रगामी आन्दोलनको खाँचो छ। ”

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news