अफगानले ‘दासत्वको बन्धन तोडेको’ पाकिस्तानको टिप्पणी

Logo ३२ श्रावण २०७८, सोमबार २२:४८ | Aadil Times                  

अफगानिस्तानमा तालिबान पुनः सत्तामा पुगेपछि छिमेकी मुलुक पाकिस्तानले अफगानले ‘दासत्वको बन्धन तोडेको’ टिप्पणी गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सांस्कृतिक साम्राज्यवादबारे भाषण गर्ने क्रममा बोल्दै अफगानहरूले ‘दासत्वको बन्धन तोडेको’ भनेर टिप्पणी गरेका हुन्। सन् १९९६ मा अफगान तालिबान सरकारलाई मान्यता दिने तीन राष्ट्रमा एक पाकिस्तान पनि थियो।

यसैबीच, धार्मिक आस्थामा आधारित पाकिस्तानका राजनीतिक दलहरू जमात-ए-इस्लामी र जेयूआइ-एफले अफगान तालिबानलाई उनीहरूको पछिल्लो ‘सफलता’का लागि बधाई दिएका छन् ।

अफगानिस्तानमा उनीहरूको आन्दोलनका लागि पूर्ण समर्थन र सहयोग प्रदान गर्ने समेत उनीहरुले बताएका छन्।

-स्रोत बीबीसी

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news