आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

Aadil Times 1+ समाचार ( )
१८ माघ २०७९

सत्तारुढ माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । हिजै बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजेपछि बस्ने बैठकले पार्टीका विभागहरूलाई पूर्णता दिने र सदस्यहरूको कार्यविभाजन गर्ने नेताहरूले बताएका छन् । यसबाहेक समसामयिक राजनीतिक घट्नाक्रममाथि पनि बैठकमा छलफल हुने छ ।

यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नागरिकता विवादका कारण पदमुक्त रवि लामिछाने र उनको पार्टीलाई तत्काल गृह मन्त्रालय नदिने निर्णय गरेको थियो । 

माओवादी केन्द्रको उक्त निर्णयपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको चर्चा छ । यद्यपि, गठबन्धन जोगाउन आफूले सक्दो प्रयास गरिरहेको माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले बताउँदै आएका छन् ।

आइतबार नागरिकता लिएका लामिछाने सोही दिनदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी ओलीसँग गृह मन्त्रालय आफूलाई दिन दबाब दिइरहेका छन् ।

प्रतिक्रिया