विराटनगरका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

Aadil Times 1+ समाचार ( )
७ चैत्र २०७९

प्रहरीले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरेको छ । 

अवैध रूपमा भन्सार छली चोरी पैठारी गरिएका अन्दाजी दुई लाख ५५ हजार ९१० रुपैयाँ बराबरका सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

खाद्यान्न तथा लत्ताकपडासमेत जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।

आवश्यक कारबाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाइएको डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

प्रतिक्रिया