नेपालमा फेरि बढ्दै कोरोना संक्रमितको संख्या

Aadil Times 1+ समाचार ( )
१३ चैत्र २०७९

नेपालमा सोमवार एकै दिन ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ ।

यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल सङ्क्रमण भित्रिएको बताए ।

अहिले सबभन्दा बढी सङ्क्रमित नेपाल-भारतको कैलालीको धनगढीमा रहेको त्रिनगर नाकाबाट प्रवेश गरिरहेका छन् ।


प्रतिक्रिया