टी–२० विश्वकप स् न्युजिल्यान्डलाई श्रीलंकाको डर

Aadil Times 1+ समाचार ( )
अस्ट्रेलियामा जारी टी–२०
१२ कार्तिक २०७९


                    अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा आज( शनिबार) न्युजिल्यान्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टिम एक–अर्कालाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने लक्ष्यमा छन् ।

दिउँसो १ः४५ बजेदेखि अस्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा हुने खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ । श्रीलंकालाई पराजित गर्दै शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड पाँच अंक बनाउन चान्छ । यता, श्रीलंका पनि न्युजिल्यान्डलाई पराजित गर्दै चार अंक बनाउने लक्ष्यमा छ ।

ग्रुप–वान मा रहेको न्युजिल्यान्ड बलियो टिमको रूपमा देखा परेको छ । विश्वकपको उद्घाटन खेलमा नै आयोजक अस्ट्रेलियालाई ८९ रनले पराजित गरेको थियो । त्यसपछि आफ्नो दोस्रो खेलमा अफगानिस्तानसँग वर्षाको कारण न्युजिल्यान्डले १–१ अंक बाँडेको थियो । शीर्ष स्थानमा रहेको न्युजिल्यान्डले दुई खेलबाट तीन अंक बनाएको छ । यता, श्रीलंकाको भने दुई खेलबाट एक खेलमा जित र एक खेलमा हार ब्यहोर्दै दुई अंक छ । श्रीलंकाले आयरल्यान्डलाई ९ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने अस्ट्रेलियासँग सात विकेटले हारेको थियो ।

श्रीलंका र न्युजिल्यान्डबीचको यसअघि अन्तिम पटक भेट २०१९ सेप्टेम्बर ६ मा भएको थियो । जहाँ श्रीलंकाले न्युजिल्यान्डलाई ३७ रनले पराजित गरेको थियो । तीन खेलको टी–२० क्रिकेट सिरिजको त्यो अन्तिम खेलमा श्रीलंकाका लासिथ मालिंगाले धमाका मचाएका थिए । उनले चार ओभरमा एक मेडन ओभरसहित मात्र ६ रन खर्चिएर ह्याट्रिकसहित पाँच विकेट लिए ।

त्यो खेलअघिको लगातार चार खेलमा न्युजिल्यान्डसँग श्रीलंका हारेको छ । टी–२० सिरिजकै पहिलो खेलमा पाँच विकेटले हारेको श्रीलंका दोस्रो खेलमा चार विकेटले हारेको थियो । त्यसपछि २०१९ कै जनावरीमा न्युजिल्यान्डसँग श्रीलंका ३५ रनले हारेको थियो । 

प्रतिक्रिया