बढ्यो सुनको भाउ

Aadil Times 1+ समाचार ( )
९ माघ २०७९

मंगलबार सुनको भाउ बढेको छ। सोमबार तोलाको १ लाख ५ हजार ३ सयमा कारोबार भएको भएको छापावाल सुन आज तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

तेजाबी सुनको भाउ पनि आज तोलामा १ हजार रुपैयाँले नै बढेर प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ भने घटेको छ। सोमबार १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ३ सय ६५ मा कारोबार भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ९१ हजार १ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ९० हजार ७ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँ कायम गरेको छ।

प्रतिक्रिया