एमालेले निकालेको विजय जुलुसमा झडप हुँदा तीन जना घाइते

Aadil Times 1+ समाचार ( )
१४ मंगशिर २०७९

सुनसरी–३ मा नेकपा एमालेले निकालेको विजय जुलुसमा झडप हुँदा तीन जना घाइते भएका छन्।

भगवती चौधरीको विजय जुलुसमा झडप हुँदा तीन जना घाइते भएका हुन । उक्त क्षेत्रमा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि निर्वाचित बनेकी चौधरीको विजय जुलुसमा अबिर लगाउने विषयमा झडप हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए।

उनका अनुसार विजय जुलुस चलिरहेको क्रममा झडप भएको हो।

‘चौधरीसँग विजय जुलुसमा गइरहेको समयमा रंग अबिर लगाउने कुरामा विवाद भएको थियो,’ उनले भने, ‘कसैले नलगाउने भनेपछि स्थानीय र विपक्षीसँग विवाद भएको थियो। सोही क्रममा ढुंगामुढा पनि प्रहार भएको थियो।’ अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया