मलेसियाविरुद्ध नेपाललाई पाँचौ सफलता

Aadil Times 1+ समाचार ( )
५ वैशाख २०८०

एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपाललाई पाँचौ सफलता मिलेको छ ।

नेपालका सोमपाल कामीबाट मलेसियाका सैयद्ध अजिजको विकेट गुमेको हो । उनी १३ रन बनाएर आउट भएका हुन् । उनले १४ बलको सामना गर्दै २ चौकाको मद्दतमा १३ रन बनाएका हुन् ।

ताजा अवस्थामा मलेसिया ४३ ओभरको खेल चलिरहँदा ५ विकेटको क्षतिमा १८३ रन बनाएर खेलिरहेको छ । नेपालको लागी ललित राजवंशीले २ तथा गुल्सन झा,सन्दीप लामिछाने र सोमपाल समान एक एक विकेट लिएका छन् ।

प्रतिक्रिया